Ad imageAd image

विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, ८ चैत : प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।

यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ ।

कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि फरार रहेकालाई पक्राउ गर्ने अभियान (फैसला कार्यान्वयन) अन्तर्गत फागुनमा एक सय ९३ जना पक्राउ परेका छन, पक्राउ परेकाबाट रु ४७ लाख ३३ हजार तीन सय ५५ जरिवाना असुलउपर गरिएको छ ।”

- Advertisement -
Ad imageAd image

पक्राउ पर्ने प्रतीवादीमा जुवा, सवारी ज्यान, चोरी, गालीबेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐनलगायतका मुद्दासँग सम्बन्धित रहेका प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
scattered clouds
28° _ 28°
54%
4 km/h
सोम
27 °C
मंगल
30 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ