काठमाडौँको गुह्येश्वरी एक फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, फागुन २५ गते । काठमाडौँ गुह्येश्वरी एक फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । महानगरीय प्रहरी परिसर गौशाला प्रहरीका अनुसार फर्निचर कारखानामा दिउँसो २ बजेदेखि आगलागी भएको थियो । 

आगलागीबाट करिब ३० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको दमकल, नेपाली सेना र स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । 

विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । आगलागीबाट चारवटा मोटरसाइकल र फर्निचरका सामान जलेर नष्ट भएको छ । पछिल्लो समय विद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दैगएको प्रहरीको भनाइ छ 

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
clear sky
26° _ 26°
38%
आइत
30 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ