Ad imageAd image

तातो पानीमा परेका नाबालकको उपचारको क्रममा मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ५ जिबाङ चौखिढुङगामा तातोपानीमा परेर घाईते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । जिबाङ चौखिढुङगाका दलबहादुर ओलीका दुई वर्षिय नाबालक छोरा शिव ओलीको मंगलबार मृत्यु भएको हो ।


काठमाडौंको कीर्तिपुरको वर्ण अस्पतालमा उपचाररत बालकको मृत्यु भएको स्थानीय समेत रहनुभएका मुक्ती समाज केन्द्रिय सचिवालय सदस्य एवं नेकपा एमाले रुकुम पश्चिमका उपसचिव तथा सांसद चन्द्रबहादुर विश्वकर्माका स्वकीय सचिव गणेश सुनारले जानकारी दिनुभयो ।

साथै पशुपति आर्यघाटमा उपस्तिथि भइ मृतक नाबालकप्रती श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको परिवारले जनाएका छन् ।

गत फागुन ३० गते घरमै तातोपानीमा परेर बालक घाईते भएका थिए । तातोपानीमा परेर बालकको कम्मर भन्दा मुनिको भाग जलेको थियो ।रुकुम पश्चिममा उपचार सम्भव नभएपछि उनलाई काठमाडौ ल्याइएको थियो ।

- Advertisement -
Ad imageAd image
सेयर: 24
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
69%
3 km/h
आइत
23 °C
सोम
30 °C
मंगल
29 °C
बुध
28 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ