Ad imageAd image

सुनको मूल्यमा नयाँ रेकर्ड

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो ।

यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला रु एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक हजार पाँच सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने रु ६५ले बढेर रु एक हजार छ सय १० बराबरको मूल्य निर्धारण भएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
93%
2 km/h
बिहि
21 °C
शुक्र
25 °C
शनि
25 °C
आइत
26 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ