अपहरणको आरोपमा कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा उजुरी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको आरोपमा कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा परेको जाहेरी निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका लामा गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति मानिन्छन् । लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको पनि जाहेरीमा भनिएको छ । आरोपी लामा कुनै बेला गुण्डागर्दीको क्षेत्रमा काभ्रेली समूहको नाइकेका रुपमा चिनिन्थे ।

पछि उनी विजयकुमार गच्छदारसँग नजिकिएर मधेशी जनाधिकार फोरम लोकतान्त्रिकमा आवद्ध भए । पछि फोरम लोकतान्त्रिक र कांग्रेसबीच एकता हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए । २०७४ सालमा काभ्रेबाट प्रदेशसभा सदस्य निर्वाचन लडेका उनी पराजित भए ।

पछि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट चुनाव लडेर उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । प्रहरी स्रोतका अनुसार, खड्का क्रिप्टोकरेन्सी कारोबारमा जोडिएका व्यक्ति हुन् । खड्काले बुधबार जारी गरेको विज्ञप्तिमा पनि आफूलाई बन्धक बनाएर गणेश लामाले ‘तँसँग कति बिटक्वाइन छ, तुरुन्त हाम्रो एकाउन्टमा ट्रान्सफर गर’ भनेको भनिएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ