Ad imageAd image

सिस्नेरीमा निधन भएका बाल फुटबल खेलाडीका पीडित परिवारबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अखिले नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा रहेका छ जना बालबालिकाको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते बिहान दुःखद् निधन भएको थियो ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापर्वाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ।

- Advertisement -
Ad imageAd image

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाउनुभयो । उहाँले पीडितका पक्षमा सरकार रहने स्पष्ट गरे ।

भेटका अवसरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
88%
4 km/h
बुध
17 °C
बिहि
22 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ