Ad imageAd image

नागस्तम्भ निर्माणसँगै काभ्रेको बस्नेत गाउँ धार्मिक पर्यटनस्थल बन्दै

संवाददाता
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

काभ्रेपलाञ्चोक: जिल्लाको बनेपा नगरपालिका–५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् । अरनिको राजमार्गबाट करिब तीन किलोमिटर भित्र पर्ने पालेको सामुदायिक वन नजिकै रहेको बस्नेत गाउँलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जुटेका हुन् ।

गाउँको माथिल्लो सिरानमा रहेको पुरानो महादेव मन्दिर र नागको स्तम्भ निर्माण गरिने स्थानीय बताउँछन् । महाशिवरात्रिको अवसर पारेर यहाँका स्थानीयले शुक्रबार होम गरी नागको पूजा गरेका छन् । गाउँको विकासका लागि ‘बस्नेत गाउँ बिरुवा पाटो गट्टीखेल तथा संरक्षण मञ्च’ गठन गरी सबैलाई एकजुट बनाउँदै पर्यटन प्रवर्द्धनमा स्थानीय जुटेका मञ्चका अध्यक्ष हरिभक्त शाहीले बताउनुभयो ।

“यसअघि नै यहाँ नागको मन्दिर थियो”, उहाँले भन्नुभयो, “संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएकामा अहिले गाउँले एकजुट भएर नागको स्तम्भ तथा महादेव मन्दिर निर्माणमा जुटेका छौँ ।” गाउँको माथिल्लो भागमा हरियाली वन, तल सुन्दर बस्ती र बीचमा भागमा मन्दिर निर्माण गरी आवश्यक संरचनासमेत निर्माण गरिने मञ्चका अध्यक्ष शाहीले बताउनुभयो । बनेपा बजारबाट नजिकै रहे पनि प्रचारप्रसारको कमी हुँदा ओझेलमा परेकाले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी संरक्षण तथा पर्यटन प्रवर्द्धनमा लागेको स्थानीय भीमप्रसाद दाहालले बताउनुभयो ।

पर्यटकीयस्थलका रुपमा विकास भएमा यहाँको सडक विस्तार हुनुका साथै व्यापार व्यवसाय चलायमान हुँदा आर्थिकस्तर पनि वृद्धि हुने अपेक्षा लिइएको उहाँको भनाइ छ । पहिला बस्तुभाउका लागि घाँस र दाउरा खोज्न जाने वन क्षेत्रको संरक्षण गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्न सबैको सहयोगबाट मन्दिरका साथै आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको स्थानीय कृष्णबहादुर महतले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

स्थानीय अमृतबहादुर थापाले भन्नुभयो, “पहिला मानिसले यहाँ बसोबास गरी खेतीपाती गर्दथे । खेतीका लागि बारीको पाटा खन्ने क्रममा यस ठाउँमा नागको बास थियो । नाग बसेको ठूलो ढुङ्गा फुटाउँदा नागलाई लागेर कुप्रो भएपछि सोही बेलादेखि यहाँ नागको पूजा गरिँदै आएको कथन छ ।” सोही समयदेखि यहाँ खेती गर्न छोडिएको भन्दै अहिले अहिले युवापुस्ता धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न जुटेकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

केही वर्षअघिसम्म यहाँका स्थानीयले गाईबस्तु जङ्गलमा चराउन लैजाँदा यहाँको नाग स्तम्भमा गोठ र आईतबारे पूजा गर्दै आएका स्थानीय वृद्धा हरिप्रसाद दाहालले बताउनुभयो । पछिल्लो समय युवापुस्ताले परम्परालाई छोड्दै गएपछि स्थानीय बस्नेतले महादेवको थान रहेको स्थानमा सामान्य पूजा मात्रै गर्दै आएका उहाँले सुनाउनुभयो ।

रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिनकोट अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । वडा नं ९ स्थित मङ्गलटार स्वास्थ्य चौकीमा महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालन गरिएको उक्त शिविरमा एक सय ७५ ले स्वास्थ्य परीक्षण गराएका स्वास्थ्य चौकीका प्रमुख निशा बरालले जानकारी दिनुभयो । सामान्य उपचार गर्नेमा ६७, स्त्रीरोगसम्बन्धी ५१, हाडजोर्नी ९७, सामान्य सर्जरी १६ तथा अन्य स्वास्थ्य सेवा लिनेमा २६ जना रहेका छन् ।

शिविरमा रोशी–७, ८, ९, १०, ११ र १२ तथा तेमाल गाउँपालिका–८ का स्थानीयले सेवा लिएका थिए । उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरमा गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, भद्रदल गणका प्रमुख, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, अस्पतालका निमत्त सुपरिटेन्डेन्ट डा मधुकर दाहाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमख गङ्गालाल श्रेष्ठलगायतको उपस्थिति थियो । सो अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्षसहित १२ जनाले रक्तदान गर्नुभएको थियो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
clear sky
20° _ 20°
20%
1 km/h
मंगल
20 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ