Ad imageAd image

असिना पानीसहितको चट्याङले २४ भेडा मरे, भक्तबहादुरको विचल्ली

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मुगु । गएको शनिवार दिउँसो असिना पानीसहित परेको चट्याङ्कले मुगमकामारोङ्क गाँउपालिका वडा नम्बर ९ पापु गाँउका भक्तबहादुर बढुवालका २४ भेडा मर्नुको साथै कृषकहरुले लगाएको बालीनालीलाई ठुलो क्षति पुर्याएको छ ।


असिना पानीले पाँपु गाउँका ९९ घर परिवारले खेतवारीमा लगाइएका तथा भित्र्याउने तरखरमा रहेका जौं, गहुँ, उवा, आलु र फुल खेल्दै गरेका आरु, स्याउ, ओखरलगायतका बालीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक रविराज थपलियाले बताए ।


थपलियाका अनुसार भेडापालक भक्त बहादुर बडुवालका चट्याङ्गमा परेर २४ भेडा मर्नुका साथै ६ वटा भेडा अझै बेपत्ता भएको जानकारी दिए । थप क्षतिको विवरण आउन बाँकी छ ।


पूर्खादेखि घरमा आम्दानीको मूख्य स्रोत भेडा पालन हो । अन्य घरमा कुनै जहान परिवार रोजगार छैनन् । यही भेडा पालनबाट घरखर्च चलाउने गरेका थिए । तर उनलाई अब छाक टार्नै मुस्किल पर्ने बताउँछन् ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
64%
4 km/h
सोम
22 °C
मंगल
24 °C
बुध
23 °C
बिहि
27 °C
शुक्र
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ