Ad imageAd image

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको छ ।

राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा हिजो छलफल भएको पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

उहाँले “आजको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने, व्यवस्थापनलगायत मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ ।

आज पुनः बैठक बसेर औपचारिक निर्णय गर्नेछौँ ।” जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
72%
2 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
27 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ