Ad imageAd image

प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दा कांग्रेसले राजनीतिक दमन देखायोः रवि लामिछाने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दा कांग्रेसले राजनीतिक दमन गरेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सहकारी अपचलनबारे उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले दुई महिनाअघि बोल्न पाएको भए यति धेरै कोलाहल नहुने बताएका हुन्।

‘सुरुमा बोल्न पाएको भए ९ मिनेट १८ सेकेन्डमै सकिन्थ्यो। यहाँ बोल्न विधेयक होइन पत्रिकाका हेडलाइन पढ्नुपर्ने रहेछ! बोल्न दिने वा नदिने लोकतान्त्रिक पार्टीले निर्णय गर्ने रहेछ। यो लोकतन्त्रको कुन अभ्यास हो,’ उनले भने।

उनले गोरखा मिडिया नेटवर्कमा काम गर्दा आफूले स्वेड सेयर लिएको र पछि छाडेर हिँडेको बताए।

- Advertisement -
Ad imageAd image

‘स्वेड सेयर लिएर काम गर्ने निधो गरेँ। छोड्दा सेयर पनि छोडेँ। गोरखा मिडिया नेटवर्कमा सदस्यसमेत नभएको मानिसको कारोबारमा जोडिने कुरा भएन। मेरो संलग्नता कहीँ कतै छैन र देखिएन। त्यसकारण कहीँ कतै ममाथि मुद्दा चलेन, अभियोजना भएन,’ उनले भने।
कांग्रेस सत्तामा हुँदा प्रमाण खोज्न न्वारानदेखिको बल लगाएको पनि बताए।

‘जसरी पनि खोज भनेर दबाब दिनेहरू पनि यहीँ कतै हुनुहोला। यही सदनको लास्ट सिट हुँदै फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारको सबै कान्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरूलाई हेक्का होस् अब देश तपाईंहरूको गनगनले चल्दैन,’ उनले भने।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
91%
1 km/h
सोम
21 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
24 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ