दूधको रकम भुक्तानी गर्न माग

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, ५ असार : किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् । आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरुले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन् ।

सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रिनुपरेको बताउनुभयो । उहाँका अनुसार देशभरका किसानले दूध बिक्रिवापत् झण्डै रु सात अर्ब भुक्तानी पाउन बाँकी छ । दुग्ध विकास संस्थानबाट मात्र रु दुई अर्ब ५० करोड भुक्तानी लिन बाँकी रहेको छ ।

संस्थानका निमित्त महाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्रि नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताउनुभयो । “किसानको रकम चाँडो भुक्तानी गर्न निर्यातको सम्भावित क्षेत्र खोज्न थालेका छौँ, दुई महिनाभित्र किसानको समस्या समाधान हुन्छ,” उहाँले भन्नुभयो । दूधको भुक्तानी रकम माग गर्दै संस्थान पुगेका ४० भन्दा बढी किसानलाई प्रहरीले पक्राउ गरेको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ