Ad imageAd image

प्रधानमन्त्री दाहाल, ओली र लामिछानेबीच नयाँ बानेश्वरमा छलफल

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच नयाँ बानेश्वरमा छलफल जारी छ।

संसद्‌ भवनमा जारी छलफलमा प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्‌मा देखाएको व्यवहार, संसद् अवरुद्ध र निकासका विषय छलफल भइरहेको एक नेताले बताए। कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले बिहीबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ। यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन्।

सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण भएर आएको पत्र पढेर सुनाएका थिए। पहिलो पत्र पढेर अर्को पत्रमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले चर्का नाराबाजी गरेपछि सभामुख घिमिरे रोकिए। कांग्रेसको विरोधकाबीच अघि बढ्न खोजेपछि राप्रपा र लोसपाले पनि उभिएर विरोध गरे ।

कांग्रेस सांसदहरुले जबर्जस्ती बन्द गर्न भन्दै पनि नाराबाजी गरेका छन्। उनीहरुले संसदीय मर्यादा कायम गर्न पनि माग गरेका छन्। सहकारी ठगलाई कारबाही गर्न भन्दै कांग्रेस सांसदहरुले नाराबाजी गरे।

- Advertisement -
Ad imageAd image

सांसदहरुले केहीबेर नाराबजी गरेपछि सभामुख घिमिरेले राष्ट्रपतिले पठाएको वैशाख ३१ मा मन्त्री र राज्यमन्त्री नियुक्तिको पत्र पढेर कार्यसूचीअघि बढाए। त्यसपछि उनले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिए। त्यसपछि कांग्रेस सांसदहरुले लामिछानेलाई रोस्ट्रममा जानबाट रोके।

त्यसपछि एमाले सांसदहरू पनि सिटबाट उठेर बाटो खुलाउन अघि सरे। एमाले संसदीय दलका नेता केपी शर्मा ओली नै बाटो खुलाउन अघि सरेपछि सांसदहरूबीच धकेलाधकेलको अवस्था आयो। त्यसपछि सभामुख घिमिरेले शुक्रबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
60%
6 km/h
शुक्र
20 °C
शनि
25 °C
आइत
25 °C
सोम
27 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ