Ad imageAd image

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुहोस् : गृहमन्त्री लामिछाने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत ७ गते। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारीलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभएको छ। उहाँले आज्ञापालक नभएर सिर्जनशील हुन प्रशासकलाई निर्देशन दिनुभएको हो।

उहाँले नागरिकबाट मान सम्मान खोज्ने भन्दा उनीहरूलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ। उहाँले औपचारिक कार्यक्रममा समय बरबाद नगर्नसमेत निर्देशन दिनुभयो।

बुधबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘ राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशील प्रशासक बन्नुस्।

- Advertisement -
Ad imageAd image

नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरूलाई सम्मान गर्नुहोस्। औपचारिक कार्यक्रममा धेरै समय बरबाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, जिम्मेवारी लिएपछि नभाग्नुस्।’ उहाँले अध्यागमनका समस्या समाधानका योजना ल्याउनका लागि कर्मचारीले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।

सेवाग्राहीले सास्ती भोग्नु नहुने उहाँको भनाइ छ। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भन्दै उहाँले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नसमेत निर्देशन दिनुभएको छ। ‘‘नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकार अनुसार काम गर्नुहोस्।

सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्’’, गृहमन्त्री लामिछानेले भन्नुभयो। उहाँले सार्वजनिक सरोकारका विषयमा तत्काल सुधारका योजना बनाएर लागू गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ।

उहाँले भन्नुभयो, ‘‘सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नुहोस्।’’ गृहसचिव एकनारायण अर्यालले सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार हुनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले स्थानीय सरकारसँग समन्वय गरेर समयमै निर्णय र रिपोर्टिङ गर्न निर्देशन दिनुभयो। गृह मन्त्रालयले केही दिन अगाडि अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो। जिम्मेवारी सम्हाल्न दिनुअघि गृहमन्त्रीले गृहमन्त्रीले निर्देशन दिनुभएको हो।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
29%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ