Ad imageAd image

रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम। रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ।

मुसीकोट नगरपालिका –२ निवासी १८ वर्षीय सागर परियारको बुधबार दिउँसो मृत्यु भएको हो।बुधबार बिहान मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटनामा उहाँ घाइते हुनुभएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार दुर्घटनामा घाइते परियारलाई थप उपचारको लागि नेपालगन्ज लैजाँदै गर्दा चौरजहारी पुर्‍याइएको बेला मृत्यु भएको हो। उहाँको छातीमा गहिरो चोट लागेको थियो।

सोही दुर्घटनामा परेर मुसीकोट नगरपालिका वडा नम्बर–५ निवासी ४० वर्षीय हरिचन्द्र केसी घाइते हुनु भएको छ। उहाँलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।

- Advertisement -
Ad imageAd image

घाइते दुवै जनालाई जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचार गरेर रिफर गरिएको थियो। सेरीगाउँस्थित विद्युत कार्यालय नजिकै मध्यपहाडी राजमार्गबाट तीन मिटर तल ट्याक्टर खसेको थियो।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
thunderstorm
21° _ 21°
73%
2 km/h
बिहि
26 °C
शुक्र
23 °C
शनि
29 °C
आइत
29 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ