Ad imageAd image

साना दलहरुलाई नयाँ समीकरणका विरुद्ध खडा गर्ने प्रयत्न भइरहेको छः महासचिब पोख्रेल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । नेकपा एमालेका महासचिब शंकर पोख्रेलले मुलुकलाई अस्थिरता कायम गरेर विदेशी हस्तक्षेपमा रमाउनेहरु सल्बलाएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आईतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले बनेको गठबन्धन बाह्य हस्तक्षेप वेगर बनेको दावी गर्नुभयो ।

“यो गठबन्धन नेपालका राजनीतिक दहरुलाई बाह्य हस्तक्षेप बेगर आफै निर्णय गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्दछ, भन्ने प्रयास हो”,उहाँले भन्नुभयो“ यो प्रयासमा चित्त नबुझन्े साथीहरु अस्थिरता सिर्जन गर्ने ध्याउन्नमा लागेकै छन् ।”

साना दलहरुलाई नयाँ समीकरणका विरुद्ध खडा गर्ने प्रयत्न भइरहेको समेत महासचिब पोख्रेलले बताउनुभयो । विगतमा एमाले फुटाउनकालागि ल्याईएको २० प्रतिशतको कानुन अनुसार नै अहिले साना दलहरुमा फुट आएको समेत उहाँले बताउनुभयो । तर, दललाई फुटाउनकालागि अहिले २० प्रतिशत ल्याएको भनि गलत सन्देश दिन खोजिएको समेत उहाँको भनाई छ ।

- Advertisement -
Ad imageAd image

साथै उहाँले अहिले संसदमा भइरहेका गतिबिधिले सुखद सन्देश नदिएको समेत बताउनुभयो । नेपालमा राजनीतिक अस्थिरता, अराजकता र मौलिक संस्कृति माथिको अतिक्रमण नै मुख्य समस्या रहेको महासचिब पोख्रेलको भनाई छ ।

साथै उहाँले टरिगाउँ एयरपोर्टमा बजेट आउने गरि आफूले सरकारलाई सुझाब दिएको समेत बताउनुभयो । तर, पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले गरेको अध्ययन अनुरुप उत्तर, दक्षिण बनाएमा १५०० मिटरको हाराहारीमा रनवे बनाउन सकिने भन्ने विषय आएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
53%
4 km/h
बुध
26 °C
बिहि
27 °C
शुक्र
25 °C
शनि
28 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ