Ad imageAd image

इटालीका प्रसिद्ध गोलकिपर जियानलुजी बफोन नेपालमा

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं: फिफा विश्वकप विजेता इटालीका प्रसिद्ध गोलकिपर जियानलुजी बफोन नेपाल आएका छन्। केपी ओली कप फुटबल प्रतियोगिताको अवसर पारेर आइतबार बफोन काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई युवासंघ अध्यक्ष क्षितिज थेवे, कान्तिपुर टेलिभिजनका सिइओ सुरजसिंह ठकुरीलगायतले स्वागत गरेका थिए।

सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका बफोनलाई विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिन्छ। उनले इटालीका लागि कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा ८० खेलमा कप्तानी गरेका थिए।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए।

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
mist
18° _ 18°
100%
1 km/h
सोम
27 °C
मंगल
27 °C
बुध
28 °C
बिहि
22 °C
शुक्र
18 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ