Ad imageAd image

सिँचाइ नहर निर्माण भएपछि कृषक लाभान्वित

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

मुगु ˗ छाँयानाथ रारा नगरपालिका –१२ लुम्समा जिल्ला कृषि बिकास कार्यालय मुगुले साना सिँचाई आयोजना अन्तरगर्त साना सिँचाई कार्यक्रमबाट सिँचाईको लागि पक्की नहर निमार्ण भएपछि स्थानिय कृषकहरु निकै खुसी भएका छन् ।

लुक्स बासीको तरकारी तथा अन्न खेति गर्ने जग्गा भएको लुम्स ज्यूलाको अगाडि बाट मुगु नदी बारै महिना बगी रहन्छ तर खेति गर्ने जग्गाको भूभाग अग्लो स्थानमा भएको हुँदा खेति गर्ने र तरकारी लगाउने जग्गामा अन्न तरकारी  खेती गर्दा  आकासको पानिको भर पर्नुपर्ने अवस्था थियो ।

यो वर्ष जिल्ला कृषि बिकास कार्यालयबाट साना सिँचाई कार्यक्रमबाट सिँचाई  नहर निमार्ण भएपछि खोलाको पानि सहज रुपमा सिँचाई गर्ने र बारै महिना तरकारी र अन्य खेति गर्न सहज हुने भएको भन्दै लुम्स गाँउका कृषक कर्मसिंह कठायतले बताए ।

लुम्स जिउलामा सिँचाई नहर निर्माणपछि शोभा खोलाबाट आएको पानिमा बाँध निमार्ण गरी खेतबारीसम्म नहर पुगेको छ ।

- Advertisement -
Ad imageAd image

लुम्स गाँउमा रहेको २८ घर परिवारहरुको तरकारी अन्य अन्न उत्पादन गर्ने यही क्षेत्र भएको हुनाले अहिले ५ लाख ५० हजार कृषि विकास कार्यालयको अनुदानमा ८५ मिटर भन्दा बढी लम्बाई सिँचाई कुलो निमार्ण भएपछि स्थानिय नागरीकहरुलाई तरकारी तथा उत्पादन अन्न बालीमा सिँचाई गर्न निकै सहज भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ का कृषक चन्द्र बहादुर कठायतले बताए ।

मुगुमा रहेको खेतियोग्य जमिनमा आकासे पानिको भरमा खेति गर्ने क्षेत्र भएको हुनाले आ.व २०८१÷०८२ को बार्षिक कार्यक्रम अनुसार मुगुमा २२ वटा साना सिँचाईका कार्यक्रमको १ करोड ७५ लाख बजेटमा १३ वटा साना सिँचाई निमार्ण भईसकेका छन् । ७ वटा निमार्ण सम्पन्न गर्नको लागि केही काम बाँकी रहेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
83%
4 km/h
सोम
21 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ