पाँच वर्षपछि मंगोलियन हार्टले दक्षिण कोरियामा कन्सर्ट गर्ने

Raju Lama Mongolian Heart
संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं–
समुह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने भएको हो ।

आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगितिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले जानकारी दिए । नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने गायक राजु लामाको यो ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित र नयाँ गीतहरु प्रस्तुत गर्ने तयारी छ । ‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौं । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ म्यानेजर लामाले बताए ।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्। ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘म माया लाउँदिन’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन्।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ