Ad imageAd image

राष्ट्रिय सभामा मस्यौदा समितिको म्याद थपका लागि प्रस्तावसहित प्रतिवेदन पेश

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । आजदेखि सुरु भएको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको म्याद थपका लागि प्रस्ताव सहित प्रतिवेदन पेश गरिएको छ ।

बैठकमा समितिका सभापति सुरेश आलेमगरले समितिको म्याद थपका लागि प्रस्तावसहित प्रतिवेदन पेश गर्नुहुँदै राष्ट्रिय सभा नियमावली संशोधनले राष्ट्रिय सभाको मर्यादा, गरिमा, महत्व र प्रभावकारितालाई बढाउने बताउनुभयो ।

यस्तै बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८० पेश गर्नुभयो । अर्थमन्त्री महतले सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने र सो पक्रियामा हुने छलफललाई समयावधि प्राप्त गर्ने उद्देश्यले कार्यविधि संशोधन आवश्यक भएको बताउनुभयो ।

बैठकमा कानुन न्याय तथा संसदीय मन्त्री धनराज गुरुङको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुषालले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा २ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश पेश गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

यसअघि बैठकमा राष्ट्रिय सभाको औचित्य सम्बन्धमा प्रश्नहरू उठेको भन्दै सांसदहरुले व्यवस्थामाथि उठेका प्रश्नहरूमा राज्य, राजनीतिक दलहरूले गम्भिरतापुर्वक लिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभा संविधानको मुल मर्म अनुरुप मौलिक, समावेशी व्यवस्था भएको उल्लेख गर्दै सांसदहरुले सङ्घीयताको कार्यान्वयन, शान्ति पक्रियालाई टुङ्गो लगाउन तथा कानुन निर्माण जस्ता कार्यमा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू पढेर सुनाउनुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
100%
1 km/h
शनि
20 °C
आइत
20 °C
सोम
23 °C
मंगल
26 °C
बुध
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ