Ad imageAd image

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

अफगानिस्तानमा आएको बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ । घोर र फरयाब प्रान्तमा आएको बाढीमा परी ७० जनाको मृत्यु भएको हो ।

शुक्रबार अचानक आएको बाढीमा परी अन्य केही व्यक्ति बेपत्ता र घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । भारी वर्षापछि बाढी आएको हो । बाढीबाट कयौँ पशुहरु समेत मरेका छन् ।

बाढीले २ हजारभन्दा बढी घर बगाएको छ । गत हप्ता मात्रै अफगानिस्तानमा बाढीबाट ३ सय बढीको मृत्यु भएको थियो । भारी वर्षाले खेतीपाती नष्ट गरेको छ ।

- Advertisement -
Ad imageAd image

त्यहाँको मौसम विभागले अझै केही दिन भारी वर्षा हुने भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।

एजेन्सी

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
88%
3 km/h
शुक्र
21 °C
शनि
26 °C
आइत
28 °C
सोम
30 °C
मंगल
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ