Ad imageAd image

सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडी बढाउने:परराष्ट्रमन्त्री श्रेष्ठ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडी बढाउने बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दै गरेको बताउनुभएको हो। उहाँले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरु खुला भएको बताउनुभयो।

त्यस्तै नेपालीहरु चीन जान भिसा निःशुल्क भएको पनि उहाँले उल्लेख गर्नुभयो।उहाँले भन्नुभयो, ‘‘कोभिड अगाडिदेखि नै बन्द रहेका १४ वटा परम्परागत व्यापारिक नाका खुला भए।

त्यस्तै नेपालीहरुलाई चीन जान भिसा निःशुल्क भएको छ। अरुपनि थुप्रै काम भएको छ। अरु देशहरुसँग पनि अब हाम्रो आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ।’

- Advertisement -
Ad imageAd image

उहाँले आफूले परराष्ट्र मन्त्रीको रुपमा गर्नुपर्ने कामहरु अगाडि बढाइरहेको बताउनुभयो।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बुध
23 °C
बिहि
23 °C
शुक्र
25 °C
शनि
27 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ