Ad imageAd image

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नीलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय 

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ ।

राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो फैसला आएको हो ।

पीटीआईका संस्थापक तथा पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरिएको छ भने उहाँलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत गरिएको छ ।  एआरवाई न्यूजका अनुसार बुधवारको सुनुवाईमा पीटीआईका संस्थापक बीबीलाई अदालतमा पेश गरिएको थियो । 

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ताले भन्नुभयो, “हाम्रो न्यायिक प्रणाली लाई भत्काइँदै छ । यो पाकिस्तानको इतिहासमा अर्को दुःखद दिन हो ।”

- Advertisement -
Ad imageAd image

गत अगष्टमा पक्राउ परेदेखि अधिकांश समय हिरासतमा राखिएको जेलभित्र भएको सुनुवाइपछि खानको सजाय लगातार वा सँगसँगै चलिरहने हो वा होइन भन्ने स्पष्ट हुन सकेको छैन ।

खानका वकिल सलमान सफदरले पनि एएफपीसँग कुरा गर्दै खान र उहाँकी पत्नी बुशरा बीबीलाई सजाय सुनाइएको पुष्टि गर्नुभएको छ । “खान र उहाँकी पत्नी बीबीलाई सजाय सुनाइएको छ । बीबीलाई अहिलेसम्म पक्राउ गरिएको छैन,” सफदरले भने। उहाँहरूको सन् २०१८ मा खान प्रधानमन्त्री निर्वाचित हुनुभन्दा केही महिनाअघि विवाह भएको थियो ।

खानले आध्यात्मिक मार्गदर्शनका लागि सम्पर्क गर्दा बीबीलाई भेटेको र उहाँ सार्वजनिक रूपमा विरलै देखिनुहुन्छ ।  करिब १२ करोड ७० लाख पाकिस्तानीले आगामी बिहीबार हुने चुनावको दिन मतदान गर्न पाउनेछन्, जसमा खान र पीटीआई बहसको केन्द्रमा रहेका छन् ।

मतदानमा धाँधलीको आरोप लागेको छ, खानलाई भ्रष्टाचारको अघिल्लो अभियोगबाट भाग्नबाट रोक लगाइएको छ र उहाँको पार्टीले व्यापक दमनको सामना गर्नुपरेको छ ।

सन् २०२२ मा सत्ताच्युत भएयता खानलाई पाकिस्तानका सैन्य योजनाकारविरुद्ध अवहेलनाको अभियान चलाएपछि उहाँलाई पुनः सत्तामा फर्कन नदिन अदालती मुद्दाले गाडेको छ ।

खानले आफ्नो कार्यकालको अधिकांश समय साझेदारीमा शासन गरेको शक्तिशाली सेनामाथि अमेरिका समर्थित षडयन्त्रमा आफूलाई सत्ताच्युत गरेको आरोप लगाएको थियो । 

गत वर्षको मे महिनामा खानलाई पहिलो पटक पक्राउ गर्दा देशभर दङ्गा भड्किएको थियो ।

उहाँको सडक आन्दोलन एक सैन्य दमनद्वारा निष्क्रिय पारिएको थियो जसमा हजारौँ पीटीआई समर्थकहरूलाई हिरासतमा लिइएको थियो । जसमध्ये सयौँले बन्द–ढोकाभित्र सैन्य सुनुवाईको सामना गरिरहेका छन् र दर्जनौँ वरिष्ठ नेताहरूलाई भूमिगत हुन बाध्य पारिएको छ ।

“हरेक अन्यायको बदला फेब्रुअरी ८ मा आफ्नो भोटबाट लिनुपर्छ”, खानले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा आफ्नो प्रोफाइलमा पोस्ट गरेको सन्देशमा भन्नुभएको छ,“तिनीहरूलाई मतदानमार्फत जवाफ दिनुहोस् हामी लौरोले लखेट्न सकिने भेडा होइनौँ ।” 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
33°C
Kathmandu
clear sky
33° _ 33°
10%
3 km/h
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ