Ad imageAd image

राष्ट्रपति रामचन्द्र पौडेल र एसपिडीका पूर्वअध्यक्षबीच भेटवार्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडी) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन शुल्जले शिष्टाचार भेट गर्नुभएको छ। 

राष्ट्रपति कार्यालयमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको र यसैको माध्यमबाट लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने प्रयत्न भइरहेको बताउनुभयो। 

उहाँले नयाँ नयाँ प्रविधिको युगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने सम्बन्धमा एफइएसजस्तो संस्थाले वैचारिक बहस चलाउनुपर्ने बताउनुभयो। 

राष्ट्रपति पौडेलले नेपालीले लामो सङ्घर्ष र बलिदानपछि आफ्नो संविधान आफैँ बनाएको र उक्त संविधानले समाजवाद नजिक पुर्‍याएको बताउँदै त्यसैमार्फत लोकतन्त्रलाई अझ सुधार गर्न प्रयत्नशील रहेको स्पष्ट पार्नुभयो। 

- Advertisement -
Ad imageAd image

उहाँले नेपाल र एफइयसबिच यसबारेमा गहिरो छलफल र विमर्श आवश्यकता औँल्याउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। 

भेटमा डा. शुल्जले नेपालको संविधान प्रगतिशील र उदाहरणीय रहेको उल्लेख गर्दै नेपालमा लोकतन्त्र सुदृढीकरणको साक्षी बन्न एफइएस नेपालमा स्थापना भएको भएको उल्लेख गर्नुभयो। यसले नेपाललाई हरतरहका सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीका अनुसार भेटमा राष्ट्रपति पौडेलले एफइएसले काठमाडौँ कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य गर्दै आएको भन्दै खुसी व्यक्ति गर्नुभएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
overcast clouds
22° _ 22°
82%
1 km/h
आइत
29 °C
सोम
31 °C
मंगल
30 °C
बुध
31 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ