Ad imageAd image

विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

मोरङ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्ने बताउनुभएको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान तथा स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा ध्यान पुर्‍याउन सुझाव दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानमार्फत लोक कल्याणको क्षेत्रमा नयाँ सिर्जना एवं आविष्कार गरी विश्वमा मुलुकको नाम राख्न विद्यार्थीलाई अनुरोध गर्नुभयो । उहाँले खाद्य सुरक्षा, जलवायु परिवर्तनको अनुकूलता र मुलुकको अर्थतन्त्र सबल बनाउने विषयमा विद्यार्थीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिकित्सक, अर्थशास्त्री, उद्यमी, इन्जिनियरलगायत उत्पादन गर्ने भएकाले शिक्षालयको विकासका लागि सहमतिका आधारमा सङ्घीय सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ ।” क्याम्पसका प्राचार्य रामावतार शरण, युनियनका सभापति जसवन्त पौडेललगायतले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा क्याम्पसले विशेष ध्यान दिएको उल्लेख गर्दै यसको समग्र विकासका लागि आवश्यक सहयोगको आग्रह गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

अवसरमा पूर्वराष्ट्रपति भण्डारीले विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुका साथै क्याम्पसमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गर्ने विभिन्न अस्पताललाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
65%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ