Ad imageAd image

संसदको गरिमा र ओज खस्कँदै :पूर्व सभामुख अग्निप्रसाद सापकोटा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको बताउनुभएको छ।

शनिबार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौँको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले संसदमा हुने बहस, छलफल, शब्द चयन स्तरहीन, मर्यादाहीन भएको बताउनुभयो। संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भए पनि संसदमा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुननसकेको बताउनुभयो।

- Advertisement -
Ad imageAd image

उहाँले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताउनुभयो।

उहाँले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताउनुभयो।उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको बताउनुभयो। उहाँले देशमा विचारहीनको स्थिति सिर्जना भएको उल्लेख गर्नुभएको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
67%
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
सोम
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ