Ad imageAd image

काठमाडौँ र दाङमा पछिल्लो २४ घण्टामा चार जनाको शव फेला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँ र दाङ जिल्लामा पछिल्लो २४ घण्टामा २–२ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित सडकको पेटीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी हुन् । यसैगरी, काठमाडौँकै दक्षिणकाली नगरपालिका–७ स्थित दक्षिणकाली मन्दिरमा सुनसरी धरान महादेवचोकका ४५ वर्षीय कुमार लामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, दाङको गढवा गाउँपालिका–३ गोवरडिया बस्ने ७० वर्षीय विरजु प्रसाद चौधरी सोही गाउँपालिका–३ बाघटोलस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् भने दाङकै लमही नगरपालिका–१ कौडिया पुल नजिकै सडकमा सोही नगरपालिका–२ सोनपुर बस्ने ४१ वर्षीय फुलिराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी गोरखाकफ गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली नदी बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
78%
सोम
22 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
25 °C
शुक्र
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ