Ad imageAd image

रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सुरु

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन नदिनका लागि आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदका लागि टेण्डर प्रक्रियामा गएको बताएको छ ।

मन्त्रालयले किसानहरूलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेट अगावै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया सुरु गरिएको जनाएको हो ।कृषि तथा पशुपन्क्षी मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले आगामी वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चितता गरेर रासायनिक मल खरिदको टेण्डर प्रक्रियामा गएको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

सचिव शर्माले १५ अर्ब रकम स्रोत सुनिश्चित गरी दुई लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।उहाँले गहुँका लागि आवश्यक मल खरिदका लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चित गरेर टेण्डर गरिएको बताउनुभयो ।

समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि टेण्डर गरिएको बताउनुभयो ।सचिव शर्माले यो वर्ष पनि रासायनिक मलको अभाव नहुने दाबी गर्नुभयो । उहाँले अहिले ५१ हजार मेट्रिक टन डीएपी आयात भइरहेको ९० हजार मेट्रिक टन युरिया मल हुँदा यो वर्षलाई पुग्ने बताउनुभयो ।

उहाँले सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको बताउनुभयो ।सचिव शर्माले दुई लाख १० हजार मेट्रिक टन युरिया, ९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको जानकारी दिनुभयो । उहाँले सरकारसँग युरिया ७५ हजार ९६६, डीएपी १६ हजार ८३५ र पोटास ६२३४ मेट्रिक टन मौज्दात रहेको दाबी गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षमा युरिया एक लाख ७६ हजार, डीएपी एक लाख आठ हजार ७९७ र पोटास नौ हजार मल वितरण गरिएको बताउनुभयो । कृषिमन्त्री ज्वालाकुमारी साहले रासायनिक मल खरिद प्रक्रियालाई तीव्रता दिनेगरी कार्यविधि बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले कार्यविधिमार्फत मल आयात हुन नसक्दा सधैँ विवाद र झमेला भइरहेको बताउनुभयो ।

मन्त्रालयले कार्यविधि बनाउन सक्ने हो भने यसको निकास तत्काल हुने विश्वास उहाँको थियो । मन्त्री साहले मल खरिदको टेण्डर प्रक्रिया लामो भएकाले लामो प्रक्रियालाई बन्द गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले रासायनिक मल खरिद प्रक्रिया छोटो बाटोमा जानुपर्ने बताउनुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
83%
2 km/h
बिहि
23 °C
शुक्र
22 °C
शनि
29 °C
आइत
30 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ