Ad imageAd image

फ्रेन्च लिग वान फुटबल : पीएसजीको अपराजित यात्रा कायमै

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा रेनेसमाथि ३–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जिताउनका लागि ब्राड्ले बारकोलाले २ गोल गर्दा ली काङ इनले १ गोल गरे ।

३० औं मिनेटमा बारकोलाले ओस्मान डेम्बेलेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको पीएसजीले दोस्रो हाफमा २ गोल थप्दा १ गोल बेहोरेको थियो ।

५८ औं मिनेटमा ली काङले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा असरफ हकिमीको पासमा बारकोलो व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए ।

- Advertisement -
Ad imageAd image

७५ औं मिनेटमा रेनेसका आर्नोड कलीमुयन्डोले पेनाल्टीमा गोल गरेर अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन ।

जीत पछि पीएसजीले ६ खेलबाट १६ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा यथावत राखेको छ भने रेनेस ६ खेलमा ७ अंक बनाउँदै तालिकाको आठौं स्थानमा छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
moderate rain
22° _ 22°
91%
1 km/h
बिहि
22 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
21 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ