Ad imageAd image

स्वास्थ्य बिमा कार्यक्रम देशभर लागु

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं। आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा लागुभएसँगै कार्यक्रम देशव्यापी सुरु भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बुढानीलकण्ठ नगरपालिकाका ज्येष्ठ नागरिकलाई बिमा प्रमाणपत्र हस्तान्तरण गर्दै सो नगरपालिकामा कार्यक्रम सेवा सुरु गरिएको हो। बिमा कार्यक्रम आठ वर्ष अघि कैलालीबाट सुरु भएको थियो।

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार ७७ लाख ४१ हजार ४८३ जना अर्थात् कुल जनसंख्याको २६.५४ प्रतिशत मात्रै स्वास्थ्य बीमामा आवद्ध छन्। यसमध्ये करीव २२ प्रतिशत सरकारले प्रिमियम तिरिदिने लक्षित वर्गहरु समावेश छन्। कुल बिमित परिवारको संख्या २३ लाख ९२ हजार ७६६ पुगेको छ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले सरकारी निकायका कर्मचारीलाई समेत स्वास्थ्य बिमा अनिवार्य गर्ने तयारी भैरहेको जानकारी दिनुभयो। बोर्डले नागरिक आबद्धता बढाउने योजना अनुरुप अनलाइनबाट स्वास्थ्य बीमामा आवद्धता हुन मिल्ने प्रणाली सुरु गर्दैछ।

- Advertisement -
Ad imageAd image

आगामी १ बैशाख देखि कार्यान्वयनमा आउने यो प्रणालीले व्यक्तिले अनलाइन सिस्टममा आफ्ना विवरण पेश गरी रकम तिरेपछि सदस्यता बन्न सक्ने डा।लोहनीले जानकारी दिनुभयो।

उहाँका अनुसार अनलाइन दर्ता हुन मिल्ने गरी सफ्टवेर निर्माण भइसकेको छ। सरकारले आगामी १० वर्ष भित्र अर्थात विसं २०९० सालसम्ममा सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने लक्ष्य लिएको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
80%
1 km/h
शनि
19 °C
आइत
29 °C
सोम
31 °C
मंगल
31 °C
बुध
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ