Ad imageAd image

आइसीसी विश्वकप क्रिकेट लिग २ : नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको छ भने उनीहरुको स्थानमा गुलसन झा र आरिफ शेखलाई समेटिएको छ ।

अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आज बेन्चमा बसेका हुन् नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी र ललित राजवंशी छन् । बेन्चमा भने देव खनाल, पवन सर्राफ, सोमपाल कामी र सूर्य तामाङ छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
88%
1 km/h
मंगल
25 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
24 °C
शनि
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ