Ad imageAd image

गरिवीलाई शुन्यमा झार्नेगरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ छैन:केपी शर्मा ओली

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत ७ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिवी घटाउनेगरी काम गर्ने बताउनुभएको छ । अघिल्लो सरकारले गरिवी ३ प्रतिशतले बढाएको चर्चा गर्दै उहाँले त्यसलाई घटाउँदै शुन्यमा झार्ने सरकारी योजना रहेको उहाँको भनाइ छ ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गरिवीलाई शुन्यमा झार्नेगरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने बताउनुभयो । चीनले गरिवी शुन्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरुले पनि त्यसअनुसार काम गर्ने बताउनुभयो ।

विगतमा एमाले नेतृत्वको सरकारले जनताको जीवनमा परिवर्तन ल्याउनेगरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरु सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको अध्यक्ष ओलीले जिकिर गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

उहाँले जनताको दुःख, कष्ट हरण गर्नेगरी एमालेले यसअघि काम गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले पुनः त्यहीअनुरुप काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले सरकार परिवर्तन भएको छ ।

अघिल्लो सरकारजस्तो दुई वर्षमा ३ प्रतिशत गरिवी बढाउने हो भने सरकारमा हामी हुनु नहुनुको अर्थ हुँदैन । हामीले सरकार छोडेको अढाइ वर्षमा गरिवी १७ प्रतिशतमा झारेका थियो । तर त्यो १७ प्रतिशतबाट अहिले फेरि २० दशमलव २६ प्रतिशतमा गरिवी बढ्यो ।’ त्यसलाई पुनः घटाउनुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
broken clouds
27° _ 27°
65%
3 km/h
मंगल
28 °C
बुध
28 °C
बिहि
29 °C
शुक्र
31 °C
शनि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ