Ad imageAd image

बझाङमा छिमेकीको हत्या आरोपमा बाबुछोरा पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बझाङमा छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरालाई पक्राउ गरिएको छ । जयपृथ्वी नगरपालिका(७ सुबेडाको किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले आइतबार दिउँसो मदिरा सेवन गरेर बाबुछोराले जोशीमाथि कुटपिट गरेको बताउनुभयो । कुटपिटबाट घाइते जोशीको राति उपचारका क्रममा मृत्यु भएको थियो ।

आपसी विवादका क्रममा जोशीमाथि कुटपिट भएको बताइएपनि विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । मृतक जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
शनि
19 °C
आइत
19 °C
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ