Ad imageAd image

एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेसहितका अभियन्ता एकता महाधिवेशनका लागि दौडाहामा

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका लागि उच्चस्तरीय समितिका संयोजक शेष घलेसहितका अभियन्ताहरूले थप सक्रियता बढाएका छन् । एकता महाधिवेशनका लागि नै घलेसहितका अभियन्ताहरू मध्यपूर्व र युरोपका विभिन्न देशमा पुग्ने  भएका हुन् ।

जसअनुसार घले मार्च २१ मा यूएई पुग्नेछन् । त्यहाँ आवश्यक छलफलपछि उनी युरोपका विभिन्न देश पुग्नेछन् । त्यहाँबाट उनी बेलायत पुग्नेछन् । बेलायतमा एनआरएनए बेलायतको एकता अधिवेशनमा सहभागी हुनेछन् ।

एनआरएनए बेलायतको एकता अधिवेशन मार्च २३ मा तय भएको छ । त्यहाँको कार्यक्रम सकेर उनी मार्च २४ मा बेल्जियम पुग्नेछन् । यसैगरी मार्च २५ मा पोर्चुगल, मार्च २६ मा डेनमार्क पुग्नेछन् भने मार्च २७ मा फेरि कतारमा पुग्नेछन् । उनी जहाँ जहाँ पुग्नेछन् त्यहाँ एकताका लागि अभियन्ताहरूसँग घनिभूत छलफलमा जुट्ने एनआरएनए अभियन्ता गंगाधर गौतमले जानकारी दिए ।

उनीसँगै एनआरएनए अभियन्ता आरके शर्मालगायत पनि सहभागी हुनेछन् । त्यसका लागि शर्मा बिहीबार नै कतारबाट दुबईतिर लागिसकेका छन् भने त्यहाँबाट घलेसँगै उनी विश्व दौडाहामा निस्कनेछन् ।

- Advertisement -
Ad imageAd image

यसैबीच घलेले एकता महाधिवेशन सर्वोच्च अदालतको आदेश पुरा गर्ने विषय मात्रै नभएर दिगो तथा प्रजातान्त्रिक संस्था निर्माण गर्नका लागि दरिलो ढाँचा बनाउन पनि भएकाले विभिन्न देशमा रहेका एनआरएसँग अन्तरक्रिया छलफल गरेर सुझाव लिने र सोही अनुसार महाधिवेशन सम्पन्न गर्ने गरी आफू दौडाहामा लागेको बताए ।

‘एकताका लागि विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सुझाव लिएर सबैको भावनालाई समेटेर संगठनलाई गतिशील बनाउने जिम्मेवारी पुरा गर्न युरोप र मध्यपूर्वका एनआरएन साथीहरुको सल्लाह र सुझावको  विशेष महत्त्व हुने आशा लिएको  घले बताए । उच्चस्तरीय समितिले आगामी मे पहिलो साता एकताको महाधिवेशन तोकेको छ । महाधिवेशन काठमाडौँमा भौतिक उपस्थितिमा हुनेछ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
drizzle
20° _ 20°
94%
1 km/h
शनि
27 °C
आइत
28 °C
सोम
29 °C
मंगल
30 °C
बुध
32 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ