Ad imageAd image

स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले पथराबुधरामबाट आइतबार दिउँसो पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।

उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको झोलाबाट उक्त रकम बरामद गरिएको हो ।

एक हजार दरको नोट ६ सय थान र ५ सय दरको ८ सय थान नेपाली नोट फेला परेको उनले जानकारी दिए । पक्राउ परेका ठाकुरको साथबाट स्रोत खुल्ने कागज पत्र फेला नपरेको रौतहट प्रहरी प्रवक्ता रायले बताए । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
43%
2 km/h
बुध
29 °C
बिहि
31 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ