Ad imageAd image

भारतमा अब नेपालीलाई सिमकार्ड किन्न सहज, भारतीय सूचना मन्त्रालयद्वारा परिपत्र जारी

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा मोबाइल सिमकार्ड खरिद गर्न पाउने भएका छन्। भारतले १२ वर्षपछि नियम सच्याएर नेपाली र भुटानी नागरिकका लागि सिमकार्ड लिन सजिलो व्यवस्था गरेको छ।

नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा नेपाली नागरिकलाई सिमकार्ड उपलब्ध हुने भारतको सूचना मन्त्रालयअन्तर्गतको सूचना विभागले जनाएको छ। विभागले भारतमा लाइसेन्स प्राप्त सबै मोबाइल कम्पनीका नाममा परिपत्र जारी गरी नेपाली र भुटानी नागरिकलाई सिमकार्ड बिक्री गर्न आग्रह गरेको छ।

‘अब नेपाली नागरिकले भारतमा सिमकार्ड लिन पाउनेछन्। उपचारदेखि अध्ययन र तीर्थाटन गर्न आउने नेपालीहरूले सामना गर्दै आएको समस्या अब समाधान भएको छ,’ भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले दिल्लीबाट टेलिफोनमा भने, ‘पासपोर्ट, नागरिकता परिचयपत्र वा निर्वाचन परिचयपत्रमध्ये एउटा कागजका आधारमा नेपाली नागरिकले अब सिमकार्ड प्राप्त गर्ने सुनिश्चित भयो।

यसको कार्यान्वयन गर्न एक साताजति समय लाग्छ भन्ने जानकारी आएको छ।’नेपाली र भुटानी नागरिकलाई आफ्नो देशबाट भारत जाँदा भिसा लिनुपर्दैन। भिसा नलिएको राहदानीका आधारमा भारतीय दूरसञ्चार कम्पनीहरूले सिमकार्ड दिन बन्द गरेका थिए।

- Advertisement -
Ad imageAd image

२०१२ अगस्ट ९ देखि भारत सरकारले भिसा लागेका विदेशीहरूलाई मात्रै सिमकार्ड दिने सूचना जारी गरेको थियो। यद्यपि, नेपाली नागरिकले २०१९ सम्म राहदानीका आधारमा सिमकार्ड लिँदै आएका थिए। कोरोना महामारीपछि भारतका दूरसञ्चार कम्पनीहरूले नेपाली र भुटानी नागरिकलाई सिमकार्ड बेच्न बन्द गरेका थिए।

भिसा लागेको पासपोर्ट वा भारतीय आधारकार्ड नभएका विदेशी नागरिकलाई सिमकार्ड दिन रोक लागेपछि भारतमा उपचारका लागि जाने, तीर्थयात्रामा जाने र अध्ययनका लागि जाने नेपालीहरू बढी मर्कामा परेका थिए।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
82%
1 km/h
शुक्र
33 °C
शनि
33 °C
आइत
32 °C
सोम
29 °C
मंगल
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ