Ad imageAd image

रचनात्मक उद्योगको विकासका लागि साझा प्रयासको थालनी : सहभागिता बढाउँदै जाने लक्ष्य

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रियटिभ इन्डष्ट्रिज फ्रेण्डस ग्रुप (फर सीसीआइ) निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सिप अनुभव आदान प्रदान गर्न थालिएको छ । 

काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहित निकाय तथा कार्यालयहरू र रचनात्मक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको संयुक्त प्रयास थालिएको छ । यसको पहिलो बैठक ललितपुर महानगरपालिकाले आयोजना गरेको थियो । 

मंगलबार (हिजो) काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा दोस्रो बैठक सम्पन्न भएको छ । 

बैठकमा आफूले चयन गरेको विधा र यसअन्तर्गत सम्पन्न कामका विषयमा जानकारी गराउने क्रममा कार्यवाहक प्रमुख डंगोलले चलचित्र विधाले रचनात्मक उद्योगका अरू विधालाई चलचित्रबाट समेट्न सकिने र समुदाय स्तरमा रचनात्मक अर्थतन्त्रलाई चलायमान बनाउन सकिने भएकोले काठमाडौँले चलचित्र विधा चयन गरेको बताइन् । 

- Advertisement -
Ad imageAd image

‘काठमाडौँका समुदायभित्र लुकेका कथालाई चलचित्रको कथाको प्लट र पात्रसँग जोड्न सकिने, काठमाडौँलाई खुला स्टुडियोको रूपमा विकास गर्न सकिने बताइन् । 

बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले संगीत विधाबाट युनेस्को क्रियटिभ सिटीज नेटवर्कमा सदस्यता प्राप्त गरेको बताउँदै यसलाई समुदाय स्तरमा अभ्यास बढाउने तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने कामसँग सम्बन्धित प्राथमिक योजना सुनाए । 

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेशसुरस श्रेष्ठले सांस्कृतिक नीति २०६७ का सन्दर्भमा कुरा गर्दै उनले २०७२ सालमा नेपालको संविधान जारी भएपछि सांस्कृतिक नीतिको सामयिक संशोधनको काम भइरहेको बताए । 

छलफलमा ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक (नेपाल) रुस्तम मोदी, युनेस्कोका नेपाल प्रतिनिधि ज्याको डु टोइटलगायत अधिकारीहरूले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले रचनात्मक उद्योगको विकासका लागि अगाडि बढाएको प्रयत्नको सराहना गरे । 

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
78%
2 km/h
बिहि
20 °C
शुक्र
25 °C
शनि
28 °C
आइत
28 °C
सोम
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ