Ad imageAd image

लुम्बिनीमा फागुन २८-२९ मा अन्तर्राष्ट्रिय शिखर सम्मेलन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागुन २८—२९ गतेसम्म हुने बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । लरिएट्स एन्ड लिडर्स नाम दिइएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेतासहित उच्च पदस्थ विदेशीहरु लुम्बिनी आउने छन् । सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा शिखर सम्मेलन हुन लागेको हो ।

सत्यार्थीसँग प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको लामो समयदेखि मित्रता भएकाले उनकै साथ लिएर शिखर सम्मेलन गर्न थालिएको हो । विश्वमा हालसम्म तीनवटा यस्ता शिखर सम्मेलन भएकाले यो चौथो शिखर सम्मेलन हुने प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले बताउनुभयो । केसीका अनुसार शिखर सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित २० जना अति विशिष्ट व्यक्तिहरू बालबालिका र शान्ति क्षेत्रका विज्ञ, विकास साझेदार, प्राज्ञिक सम्मेलनमा सहभागी हुन आउने छन् ।

प्रदेश सरकारले शिखर सम्मेलनका लागि चालु आर्थिक वर्षको बजेटमा ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता टिमोर लेस्टेका पूर्वराष्ट्रपति जोजे रामोस ओर्टा, जोडी विलियम्स, २०११ का संयुक्त विजेता लेहम बोबी र टुवाको कम्र्यान, सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता अब्देस सतार वेन मौसा र विदेद बुसामाबुई तथा चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस,रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल सहभागी हुने तय भएको उपाध्यक्ष डा.केसीले जानकारी दिनुभयो ।

सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टि च्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागि हुने केसीले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरी विश्वभर चिनाउने र लुम्बिनीको विकासको लागि साझेदारहरूको ध्यान आकषिर्त गर्न प्रदेशमा मात्र नभई नेपालकैे ठूलो शिखर सम्मेलन भएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो । शिखर सम्मेलनमार्फत् लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सके लगानीका लागि दातृ निकायहरू लुम्बिनी खोज्दै आउने र लुम्बिनीबाटै मुलुकको आर्थिक विकास सम्भव हुने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
3 km/h
आइत
20 °C
सोम
25 °C
मंगल
22 °C
बुध
22 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ