Ad imageAd image

कैलाश श्रेष्ठलाई थाईल्याण्डका लागि नेपाल चेम्बर अफ कमर्शको मानार्थ व्यापार प्रतिनिधि नियुक्त

लोकेन्द्र ओली
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक — नेपाल चेम्बर अफ कमर्शले थाईल्याण्डको राजधानी बैंककमा व्यवसाय गर्दै आएका प्रतिष्ठित नेपाली व्यवसायी कैलाश श्रेष्ठलाई थाईल्याण्डका लागि आफ्नो मानार्थ व्यापार प्रतिनिधि (Honorary Trade Representative) को रूपमा नियुक्त गरेको छ। श्रेष्ठ हाल बैंककस्थित Swift Resources Co., Ltd. का अध्यक्ष हुन् र विगत लामो समयदेखि व्यापार, सामाजिक उत्तरदायित्व र नेपाली समुदायको हकहितका लागि सक्रिय रूपमा काम गर्दै आइरहेका छन्।

उक्त नियुक्ति अवसरमा बैंककमा आयोजित एक औपचारिक समारोहमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवाल स्वयं उपस्थित भई श्रेष्ठलाई औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा थाईल्यान्डमा सक्रिय नेपाली व्यवसायी, समाजसेवी र प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रमाणपत्रमा उल्लेख छ कि कैलाश श्रेष्ठलाई बैंकक, थाईल्याण्डका लागि नेपाल चेम्बर अफ कमर्शको मानार्थ व्यापार प्रतिनिधि नियुक्त गरिएको छ। यो नियुक्तिसँगै श्रेष्ठले नेपाल–थाई व्यापार प्रवर्द्धन, लगानी अभिवृद्धि, नेपाली उत्पादनहरूको प्रवाह तथा व्यापारिक सम्बन्ध मजबुत गर्न थाई संस्थासँग सहकार्य गर्नेसहितका विविध जिम्मेवारीहरू सम्हाल्ने छन्। यो जिम्मेवारीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

नेपाल चेम्बर अफ कमर्शले नेपाल र थाईल्याण्डबीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले यो नियुक्ति गरेको हो। श्रेष्ठको व्यावसायिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र थाईल्याण्डस्थित नेपाली समुदायमा रहेको गहिरो विश्वासका आधारमा नेपाल चेम्बरले उनलाई उपयुक्त प्रतिनिधिका रूपमा चयन गरेको जनाएको छ। यो नियुक्ति भविष्यमा नेपाली व्यवसायीलाई थाई बजारमा पुग्न सजिलो बनाउने र दुवै देशका व्यापारीबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

- Advertisement -
Ad imageAd image

यो नियुक्तिले थाईल्याण्डस्थित नेपाली समुदायलाई गौरवको अनुभूति गराएको छ। श्रेष्ठको नियुक्तिले नेपाली व्यवसायिक क्षमताको अन्तर्राष्ट्रिय मान्यता समेत स्थापित गरेको छ, जुन नेपाली व्यापार क्षेत्रको लागि एक महत्वपूर्ण उपलब्धि मानिन्छ।

सेयर: 112
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बुध
23 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
25 °C
ट्याग गरिएको:
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ