कुलमानका समर्थकहरुको मिसन ः ०८४ मा देशको प्रधानमन्त्रीबनाइछाड्ने

थाइल्याण्ड नेपाल डट्कम
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

काठमाडौं ।नेपालविद्युत् प्राधिकरणको निर्वमानकार्यकारी निर्देशककुलमानघिसिङको बर्खास्तीविरुद्धसमर्थकहरुले देशकाविभिन्न स्थानमाआन्दोलन गरिरहेका छन् ।
२०७८ साल साउन२५ गते नियुक्तभएकाघिसिङको कार्यकालआगामी साउन २५ गते सकिँदै थियो । तर, साढे चार महिनाकार्यकालबाँकीछँदै सरकारले उनलाई हटाएको भन्दै समर्थकहरु सडकमाआएकाहुन् ।
आइतबार माइतीघरमा कुलमानका समर्थकहरुले विरोध प्रर्दशनगर्दै,आउने ०८४ को चुनावमाघिसिङलाई प्रधानमन्त्रीबनाएर देखाउने भन्दै सरकारलाई चुनौतीदिएकाछन् ।
प्रदर्शनमा सहभागीमष्ट धर्म संरक्षक समितिकाअध्यक्षथर्क बहादुर बस्नेतले आगामी ०८४ मा प्रधानमन्त्रीकुलमानघिसिङलाई नै बनाउनपर्छ भन्ने उद्देश्यकासाथआफूहरु अघिबढेको बताए । कुलमानलाई बर्खास्त गरेको सरकार अब आफैं बर्खास्त हुने चेतावनी समेत उनले दिए ।
उनले भने,‘कुलमानघिसिङलाई बर्खास्त गरेको सरकार अब आफंै बर्खास्त हुन्छ। आगामी ८४मा प्रधानमन्त्रीकुलमानलाई नै बनाउनपर्छ भन्ने हाम्रो उद्देश्य छ । यहीउद्देश्यलाई बोकेर हामीहिडेको छौं । कुशलकर्मचारीले घुस खाएनभनेर हटाएको छ । यो अन्यायपूर्ण छ । आन्दोलन अझचर्किएर जानेछ । सरकारको यस्तो रवैयासहदैनौं । सरकारले हाम्रो आवाज सुन्नुपर्छ । चार महिनाको लागिउनको पुनबहालीहुनुपर्छ ।’
त्यस्तै अर्का सहभागीगणेश योन्जनतामाङले कुलमानजस्तो कुशलव्यक्ति देशको नेतृत्वमाआउनुपर्ने धारणा राखे । कुलमानले दिएको योगदानको कदर गर्दै यदीउनीतयार भए०८४ को निर्वाचनमा समर्थन गर्ने बताए ।
उनले भने,‘कुलमानघिसिङलाई अमानवीय रुपमाहटाइयो । तीनचार महिनापनिकुर्न नसक्ने सरकार माफिया र विचौलीयाहरुको प्रेसरमा छ । राज्य सञ्चालन गर्नेहरुले त्यहीमाफिया र विचौलीयाहरुको निर्देशनमाकुलमानलाई हटाएको हो । कार्यकारी निर्देशकको रुपमापुनबहाली गर्न अब सम्भव छैन । तर त्यो अन्यायको विरुद्धमालड्नुपर्छ ।अदालतले पनिन्यायदिएन।कुलमानले दिएको योगदानको कदर गर्दै उहाँतयार हुनुहुन्छभने स्वतन्त्रढंगले ०८४ को निर्वाचनमाउहाँअगाडिआउनुभययो भने कुशलमान्छेले राज्य सञ्चालमापनि देखाउनुपर्छ ।’
उनले वर्तमान सरकारको कार्यशैलीएकदमै जनविरोधीकिसिमको रहेको भन्दै संघीयलोकतान्त्रिकगणतन्त्रपनि धरापमापार्ने स्थितिहरु देखिएको बताए ।
त्यस्तै ,सामाजिकअभियन्ता, राजारामतन्डुकारले सरकारले आफूहरुको आवाजनजरअन्दाज गरेमा निरन्तर आन्दोलनमा रहेर सरकारले हटाएको कुलमानलाई०८४ माप्रधानमन्त्रीबनाउने दाबी गरे ।
‘उहाँलाई जुन रुपमाहटाइयो, त्यो गलतथियो । नेपालमा राम्रो मान्छे टिक्दैँन्, चल्दैँन् भनेर एउटाभाष्यनिर्माण गरिदैँछ । राम्रो काम गरेकालाई पुरस्कार दिनुपर्ने ठाँउमाउल्टो हटाउने कामभयो । त्यसैले सरकारलाई दबाबदिनआन्दोलनमाआएकाहौं ।आन्दोलन निरन्तर चल्नेछ । सरकारको कार्यशैली निरङ्कुशशैलीहो । यो काङ्ग्रेस र एमालेको सरकार होइन निरङ्कुश सरकार हो । सरकारले गर्नपर्ने काम धेरै छ, केही गरेको छैन् । सरकारबाटसम्बोधनभएनभने निरन्तर आन्दोलनमाकायम रहन्छ । कुलमानलाई प्रधानमन्त्रीबनाउने हो ।’
त्यस्तै अर्का अभियान्ता सोम शर्मालेको पनिधारणाउस्तै छ । सँधैभरी केपीओलीको सत्तातानाशाहीको लागिमात्रभएकाले अब कुलमानलाई सत्तामालैजानतयार रहेको बताए ।
‘जबजब राम्रो कामगर्न खोज्ने मानिसहरु आउँछन् देशमा तब राज्य सत्ताले प्रतिसोधपूर्ण व्यवहार देखाइरहेको हुन्छ । राम्रो कामगर्नेलाई लखेटेर देशमाबस्ने को ?सँधैभरी केपीओलीको सत्ता र तानाशाहीलाई मात्र स्वीकारेर बस्नुपर्ने ?यस्तो सम्भव छैन् । पटकपटकनागरिकको आन्दोलनलाई जिस्काइरहेका छन् । आँखाखोलेर हेर अबजनताहरु सडकमाउत्रिएकाछन् ।चुनौतीदिनकालागिहामीमाइतीघरमा आएकाछौं,’उनले भने,‘राम्रोकाम गर्ने मान्छे सत्तामाजानुपर्छ ।’
देशमाकुलमानघिसिङ र बालेन शाहजस्ताजनताले विश्वास गरेका हरेक पात्र सबैलाई माथिपुर्याउनुपर्ने उनको धारणा छ ।
त्यस्तै सामाजिकअभियन्ता, हेमराजथापाले सिंहदरबार र बालुवाटारमा बसेर आफूहरुलाई उत्तरदायीबाध्यबनाइने बताउँछन् । सरकारले जनताको कुरा नसुनेमा प्रधानमन्त्रीकेपीओलीलाई बालुवाटारबाटलखेट्ने र देशभरका मान्छेलाई बोलाएर अगाडिबढ्ने चेतावनी समेत उनले दिए ।
उनले थप्दै भने,‘कुलमानलाई प्राधिकरणमाल्याउने कुरा अर्को भयो । तर सरकार जनताप्रतिउत्तरदायीबन्नुपर्ने कुरा महत्वपूर्ण हो । सरकारले जनताको आवाजलाई नजरअन्दाज गरेको देखिन्छ । यसकारण सिंहदरबार र बालुवाटारमा बसेर हामीलाई रेटिरहेकाहरुलाई उत्तरदाहीहुनबाध्यपार्न यहाँआएकाहौं । आवाजको सुनुवाइभएनभने केपीओलीलाई बालुवाटारबाटलखेट्ने हो । भोली देशभरका मान्छेलाई बोलाएर अगाडिबढ्छौ ।’
त्यस्तै प्रर्दशनमा सहभागीअमरदिप मोक्तानआगामी०८४ को चुनावमाकुलमानलाई गैरकानुनी रुपमाहटाउनुको दुस्परिणामवर्तमान सरकारले भोग्नेबताउँछन् ।
‘एउटा सामान्यभुइमान्छे राम्रो पदमाजाने हो भने देश बन्नेथियो । चार महिनाबस्नदिएको भए के हुन्थ्यो । भ्रष्ट सरकारले रवैया देखायो ।आगामी०८४ को चुनावमा यो सरकारले यसको दुस्परिणामभोग्ने छ ।’
कुलमानजस्तो मान्छे पदमारहे देशविकास सहजहुनसक्ने प्रदर्शनमा सहभागीबब्लुगुप्ताको विश्वास छ । सरकारले आफूले गरेकाकाम सबै ठिकभन्ने गलतमान्यताको साथअगाडिबढेको उनको भनाई ।
उनले भने,‘हन्ड्रेस ग्रुपभन्ने एउटा संस्थाचलाउछु । अहिले देशले परिवर्तन खोजेको छ । कुलमानजस्तो मान्छे पदमा रहने हो देशविकास सहजहुन सक्छ । सरकारले आफूले गरेकाकाम सबै ठिकभन्ने मान्यताको साथअगाडिबढेको छ । त्यो गलतहो ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
सोम
24 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ