Ad imageAd image

३० औँ पटक सगरमाथाको आरोहण,कामीरिता शेर्पाको नयाँ रेकर्ड

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । आज (बुधवार) बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३० औँ पटक आरोहण गर्नुभएको छ ।

फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उहाँले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको सगरमाथाको चुचुरोमा पुगेको कम्पनीका प्रमुख तथा आधार शिविर म्यानेजर टासि लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

यसै महिना मात्र शेर्पाले २९ औँ पटक सगरमाथाको आरोहण गरेका थिए । सोलुखुम्बु थामेका ५४ वर्षीया कामी रिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन् ।

- Advertisement -
Ad imageAd image

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामी रिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
moderate rain
27° _ 27°
74%
5 km/h
शुक्र
29 °C
शनि
28 °C
आइत
23 °C
सोम
25 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ