Ad imageAd image

स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पोे’

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

सुर्खेत कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्सपो हुनेभएको छ ।

महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका गतिविधि हुने आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ । फिनिकाँडाबाट वीरेन्द्रनगरसम्म प्याराग्लाइडिङ गर्न सकिने भन्दै आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव भद्र भण्डारीले अन्य बेला लाग्ने शुल्कभन्दा रु पाँच सय छुट हुने जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धन गर्न कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भिजिट कर्णाली प्रालिसँगको सहकार्यमा विशेष छुटमा कर्णालीका विभिन्न ठाउँमा घुम्न चाहने व्यक्तिलाई आरामदायी यात्राका साथ भ्रमण गराउने व्यवस्था गरिएको छ, यसले हाम्रो कर्णालीका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।” त्यसैगरी महोत्सवको मुख्यद्वारमा देउती बज्यैको मन्दिर झल्किने मूर्ति रहने छ भने मुख्यद्वारभन्दा भित्र काँक्रेबिहारको मुख्य मन्दिर र कर्णालीका पर्यटकीयस्थलको हातले बनाएको तस्बिर राखिने जनाइएको छ ।

महोत्सवमा खानाका विविध परिकार पनि पस्किने गरी स्वच्छ, सफा होटल, कृषि र घरेलु उद्योगले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने जनाइएको छ । विद्यालयस्तरीय मौलिक नाच, लोकदोहोरीसँगै कर्णालीका देउडा, टप्पा, सिङ्गारुलगायत विभिन्न जातजातिका मौलिक कला, संस्कृतिका प्रतियोगिता पनि आयोजना गरिने महासचिव भण्डारीले बताउनुभयो । जुम्ला, हुम्लामा गाइने देउडा, सल्ल्यान, रुकुमको टप्पा, सिङ्गारु, हुड्के नाच, मगर गुरुङ र थारू समुदायका कला प्रदर्शन गरिनेछ ।

- Advertisement -
Ad imageAd image

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
80%
आइत
28 °C
सोम
30 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ