Ad imageAd image

ल्होछार तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको पर्व हो : मुख्यमन्त्री जम्कट्टेल

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ल्होछार पर्व तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको नै पर्व भएको बताउनुभएको छ ।

खार्पाचोक ‘बुद्धपार्क उद्घाटन तथा ल्होछार सांस्कृतिक कार्यक्रम’ मूल समारोह समितिले आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकमा आयोजना गरिएको मञ्जुश्री संबत २८६०औँ (डुक मु पुख्रि ल्हो) सोनाम ल्होछार २०८० कार्यक्रममा बोल्नुहुँदै उहाँले १० वर्षे महान् जनयुद्ध, १९ दिने जनआन्दोलन र विभिन्न जाति, वर्ग र क्षेत्रले गरेको आन्दोलनबाट समानुपातिक र समावेशी व्यवस्था स्थापना गरेकोले राज्यको नजरमा सबैखाले भाषा, धर्म, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभएको हो ।

संविधानको पूर्ण कार्यान्वयनको निम्ति हिजोको जस्तो एकात्मक र एउटै जाती समुदायलाई संरक्षण गर्ने मुलुक नभएर सबैको साझा भएको बताउनुभयो । राज्यको नजरमा सबै समान भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले लडेर ल्याएको व्यवस्था र संविधानले दिएको अधिकारको प्रयोग गर्दै बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाइ सकेको उहाँको भनाई छ ।

आफु आन्तरिक मामिला तथा कानुन मन्त्री भएको बेलामा जनसङ्ख्याको हिसाबमा बोलिने भाषामध्ये बहुसङ्ख्यक तामाङ र नेवार समुदायले बोल्ने भाषा परेको कारण भाषा आयोगले विसं २०७७ मा बागमती प्रदेशभित्र तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउन भनेर सिफारिस गरेको भए पनि त्यस वेला कार्यान्वयनमा ल्याउन नसेकको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
80%
आइत
28 °C
सोम
30 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ