Ad imageAd image

उपत्यकासहित देशका पूर्वी भूभागमा हल्का वर्षा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशको पूर्वी भूभागका पहाडी स्थानमा मेघ गर्जन चट्याङ् सहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुको प्रभावका कारण अहिले हल्का वर्षा भइरहेको छ।

विभागका मौसमविद् मिनकुमार अर्यालका अनुसार अहिले काठमाडौं उपत्यकाका साथै नुवाकोट, सिन्धुपाल्चोक, धादिङ्, सोलुखुम्बु, कास्की, स्याङ्जा र गुल्मी लगायतका पहाडी भूगागमा हल्का वर्षा भइरहेको छ। प्रि मनसुनको समय भएकाले साँझपख मेघ, गर्जन र चट्याङ्सहित हल्का वर्षा भएको हो।

करिब एक घण्टासम्म सो प्रणालीको प्रभाव रहने उहाँको भनाइ छ। पश्चिम क्षेत्रमा गर्मी देशको पूर्वी क्षेत्रमा हल्का वर्षा भएर तापक्रम घटे पनि लुम्बिनी प्रदेशको रुपन्देही पश्चिमको भूभागमा भने गर्मी नै छ। मौसमविद् मिनकुमार अर्यालका अनुसार उक्त क्षेत्रको मौसम सफा रहेकाले गर्मी छ।

- Advertisement -
Ad imageAd image

धनगढीको अधिकतम तापक्रम ४०.७, नेपालगञ्जको ४०.६, दिपायलको ३९।४ डिग्री सेल्सियस पुगेको छ। आगामी तीन दिन नै पश्चिमी भूभागमा पानी पर्ने सम्भावना नरहेकाले तापक्रम अझ बढ्न सक्ने सम्भावना रहेको उहाँको भनाइ छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
53%
4 km/h
बुध
26 °C
बिहि
27 °C
शुक्र
25 °C
शनि
28 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ