Ad imageAd image

घरमै खानेपानीको धारा पुगेपछि स्थानीय हर्षित

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

जिवन केसी, रुकुम पश्चिम । घरमै पिउने पानीको धारा पुगेपछि रुकुम पश्चिम चौरजहारी नगरपालिका—१२ को सुर्किमारे टोलमा आफ्नो घर आँगनकै धारामा पानी आएपछि स्थानिय खुसि भएका छन्। टाढाबाट २ घण्टा लगाएर पानी बोकेर ल्याउनु पर्थ्यो । त्यसपछि लिफ्ट खानेपानीको निर्माण भयो । पानीको सधै अभाव हुन्थ्यो । अब त्यो समस्याबाट मुक्त भएका छौ पानी आयो खुसी लागेको छ स्थानिय भन्छन् ।

सोही टोलकि लक्ष्मी डाँगी ओलीको दैनिकी फेरिएको छ । पानीका लागि बिहानै घर नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो । चौरजहारी नगरपालिकाको आर्थिक बर्ष २०८०—०८१ मा स्वीकृत बजेट कार्यक्रम अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नं. १२ मा सुर्किमारे सौर्य खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि उहाँ मात्र हैन सुर्कीमारेका स्थानीयको दैनिकि फेरिएको छ ।

ओलिले भन्नुभयो ‘पशुचौपायालाई खुवाउने पानीको व्यवस्था भए पनि मान्छेका लागि गाह्रो थियो । अहिले घरमै खानेपानी को धारा हुँदा सजिलो भएको छ । चौरजहारी नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत रु १५००००० (अक्षरुपी रु पन्ध्र लाख) बजेट स्विकृत गरेको थियो ।

- Advertisement -
Ad imageAd image

आयोजनाको कुल लागत अनुमान रकम जनश्रमदान सहित रु १७३९३४२।०३ रहको थियो । एक घर एक धारा खानेपानी निर्माण गर्ने उदेश्यले प्राविधिक इस्टिमेट अनुसार ५४ वटा पक्की धाराहरु सहित २२ घनमिटरको ट्याङ्की निर्माण गरिएको छ । यसका साथै प्रत्येक धारामा मिटर जडान गरी खानेपानी वितरणमा व्यवस्थापन गरिएको छ ।

उक्त योजना सम्पन्न भएपश्चात अहिले शुद्ध पानी आफ्नै घर आँगनबाट पिउन र त्यसको व्यवस्थित रुपमा उपभोग गर्न थालिएको सुर्किमारे सौर्य खानेपानी आयोजनाका सचिब रामलाल शर्माले जानकारी दिनुभयो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य उदेश्य स्थानिय स्तरमा बेरोजगारमा सुचीकृत व्यक्तिहरुलाई स्थानिय विकास निर्माणका कार्यमा प्राथामिकताका आधारमा रोजगारमा संलग्न गराई उनीहरुको जीवनस्तरलाई माथि उठाउने रहेको छ ।

सोही अनुरुप चौरजहारी नगरपालिकाले रोजगार कार्यक्रम अन्तर्गत सबै वडाहरुमा योजना छनोट गरि कार्यान्वयनमा गरिरहेको छ । यस सुर्किमारे सौर्य खानेपानी योजनामा पनि बेरोजगारमा सुचिकृत व्यक्तिहरुलाई रोजगारमा संलग्न गराइएको थियो ।

रामचन्द्र ओलीको अध्यक्षतामा ७ सदस्यी समितिले गत पौष महिनाको २४ गतेबाट काम सुरु गरी चैत ०५ गतेभित्र सम्पन्न गर्नेगरी कार्यालय संग सम्झौता गरेको थियो । उक्त समितिले समयसिमा अगावै काम सम्पन्न गरेको हो ।

सेयर: 82
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
31°C
Kathmandu
clear sky
31° _ 31°
19%
4 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ