Ad imageAd image

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्सबीच भेटवार्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गर्नुभएको छ ।

एक कार्यक्रमका सिलसिलामा हाल बेलायत रहनुभएका दाहाल र उपसभामुख निजेलबीच लण्डनमा आज भेटवार्ता भएको हो । दाहालले दिनुभएको जानकारीअनुसार भेटका क्रममा वर्षौँदेखिको नेपाल-बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको थियो ।

त्यसअवसरमा दुई देश र जनताजनताबिचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख निजेललाई निमन्त्रणा गर्नुभएको थियो । भरतपुर महानगरपालिका सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षकारुपमा मनाइरहेको छ ।

- Advertisement -
Ad imageAd image

सो भेटपश्चात् निजेलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गर्नुभएको दाहालले जानकारी दिनुभयो । रासस

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
few clouds
28° _ 28°
51%
4 km/h
मंगल
28 °C
बुध
30 °C
बिहि
31 °C
शुक्र
32 °C
शनि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ