Ad imageAd image

रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षा अभियान’ले आफ्ना नागरिकको जीवन रक्षा गर्न माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण गराएको छ ।

अभियानकी संयोजक कृतु भण्डारीको नेतृत्वमा गएको पीडितको समूहले शुक्रबार गृहमन्त्री लामिछानेलाई भेटेर रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा गरिदिन माग गरेको हो ।

भण्डारीका अनुसार गृहमन्त्री लामिछानेलाई रुसी सेनामा भएका ६२० जना नागरिकको विवरणसमेत उपलब्ध गराइएको छ । तीमध्ये ३९ जनाले ज्यान गुमाएको अभियानको दाबी छ । परराष्ट्र मन्त्रालयले भने १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

‘हामीसँग सामाजिक सञ्जालमा जोडिएका ४२० जना रुसी सेनामा आवद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामग्री पठाउने गर्नुहुन्छ’, भण्डारी लगायतले गृहमन्त्री लामिछानेलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘ती सामग्री देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ । यस पृष्ठभूमिमा रुसबाट नेपाली दाजुभाइले निरन्तर हामीलाई सम्पर्क गरेर जीवन रक्षा गरिदिन अनुरोध गरिरहनु भएको छ ।’

- Advertisement -
Ad imageAd image

उनीहरूले भाडाका सिपाहीका रूपमा रुसी सेनामा नेपाली नागरिकको भर्ती र त्यसले सिर्जना गरेको जनधनको क्षतिको विषय सरकार, राजनीतिक दल, गैरसरकारी संस्था र सम्पूर्ण नेपालीको चिन्ता र सरोकारको विषय बन्नुपर्ने भनेका छन् । मानव तस्करको प्रलोभनमा परेर झूठो विवरणमा भर परेर नेपाली युवा रुस पुगेको अभियानले भनेको छ ।

‘पीडित परिवार तथा रुसी सेनाबाट फर्किएर आएका नेपाली युवाका अनुसार विचौलियाहरूले अहिले पनि नेपालमै सक्रिय छन्, उनीहरूले पीडित परिवारलाई उद्दार गरिदिन्छु भन्दै रकम मोलमलाई गरिरहेका छन्’, ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ, दोषीमाथि कारबाही गर्न गृहमन्त्रीज्यू समक्ष माग गर्दछौं ।’

ज्ञापन पत्र बुझेपछि लामिछानेले रुसी सेनामा गएका नेपालीको समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा जटिलता देखिएको बताए । ‘यो समस्याबारे प्रधानमन्त्रीसँग पनि तत्काल समन्वय गर्छु, कसरी समस्या समाधान गर्न सकिन्छ, त्यो विषयमा छलफल गर्छौं’, उनले भने, ‘रुसी सेनामा रहेका नेपालीहरूलाई फर्काइदिने भन्दै असूली गर्नेलाई पनि कानुनी दायरामा ल्याउँछौं ।’

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
light rain
24° _ 24°
32%
2 km/h
सोम
26 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ