Ad imageAd image

एसईई दिएका विद्यार्थीलाई शिक्षा मन्त्रालयले करियर काउन्सिलिङ गर्ने तयारी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको बताएकी हुन् ।

उनले भनिन् , ‘कक्षा ११, १२ मा जे पढ्यो त्यही लाइनमा मात्रै जान पाइन्छ अथवा के गर्न सकिन्छ रु त्यो भन्दा फरक के अध्ययन गर्दा सहज हुन्छ । भनेर विद्यार्थीलाई परामर्श दिने तयारी भइरहेको छ ।’

विश्वविद्यालयको सम्बन्धित आंगिक क्याम्पसहरूको जनशक्ति परिचालन गरेर विद्यार्थीलाई ‘करियर काउन्सिलिङ कोचिङ’ दिइने मन्त्री श्रेष्ठले बताइन् ।

- Advertisement -
Ad imageAd image

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा गरिएको लगानी जति उपलब्धी नभएको पनि बताइन् । उनले भनिन् ‘मैले तथ्यांक हेरेँ, त्यो हेर्दा हामीले शिक्षामा जति पनि लगानी गरिरहेका छौं, त्यसको उपलब्धी पर्याप्त भएको छैन भन्ने मलाई लाग्छ ।’ श्रेष्ठले उपलब्धीमूलक बनाउनको लागि सबै किसिमको प्रक्रिया सुधार गर्दै जानुपर्ने बताइन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
45%
2 km/h
सोम
22 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ