Ad imageAd image

चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने : मन्त्री भण्डारी

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

कैलाली : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले खासगरी राष्ट्रिय गौरवका आयोजना र अरु रणनितिक महत्वका पूर्वाधार क्षेत्रका कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

मूल रुपमा यतिखेर बजेट कार्यान्वयनका जटिलता पहिल्याएर सरकार त्यसलाई कार्यान्वयन गर्ने योजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । मन्त्री भण्डारीले अहिले लगानीमैत्री वातावरण बनाउन नीतिगत रुपमा त्यसको निरुपण गरिएको र त्यो सम्भावना प्रचुर रहेको बताउनुभयो ।

“मैलै सम्हालेको मन्त्रालयमा पनि थुप्रै लगानीकर्तासँग निरन्तर रुपमा छलफल पनि भएको छ र लगानी सम्मेलनले त्यो खालको सम्भावनाको ढोका खोलेको छ”, उहाँले भन्नुभयो, “अब सरकारले नितीगत रुपमा रहेका जटिलतालाई हटाउँदै जाने हो भने आन्तरिक तथा बाह्य लगानीका क्षेत्र विस्तार हुनेछन् ।”

- Advertisement -
Ad imageAd image

उहाँले नेपालको जनशक्ति पलायन हुने समस्या समाधानका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिको क्षेत्रको उद्यमशिलतामा विशेषतः युवालाई सहभागी गराइने बताउनुभयो । मुलतः कृषि, पर्यटन, आइटी क्षेत्र, उद्यमशिलता, स्वास्थ्य, शिक्षालाई विशेषतः सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
88%
2 km/h
सोम
30 °C
मंगल
29 °C
बुध
28 °C
बिहि
28 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ