आत्मसमिक्षा गरेर काम गर्नुपर्छ : मन्त्री गुरुङ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । नेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेको बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुभ दिपावली २०८१ को अवसरमा आयोजित देउसी भैलो सांस्कृतिक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्दै जाँदा पार्टी कमजोर हुँदै जाने बताएका हुन् ।
उनले भने, ‘पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेका छन् । गुटबन्दीका कुराहरुलाई रोक्नुपर्छ र परास्त गरे मात्र पार्टी बलियो हुन सक्छ । हाम्रो पार्टीभित्र अहिले चाँही गुटबन्दीका कुराहरु जुन उठिरहेका छन् त्यो हटाउनुपर्छ । समयमै ख्याल नगरे हाम्रो पार्टी त्याँ पनि बिग्रिन्छ, यता पनि बिग्रिन्छ र पार्टी नै कमजोर भयो भने केही गर्न सकिँदैन ।’
साथै उनले हामी सबैले सचेत भएर काम गनुपर्ने बताए । उनले आत्मसमिक्षा गरेर पार्टीभित्रको समस्या समाधान गरेर समयमै अगाडि बढ्नुपर्ने बताए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ