Ad imageAd image

एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्न मन्त्रीको निर्देशन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताउनुभएको छ।

आइतबार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत हुने बताउनुभएको हो।

उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्नसक्ने प्रणाली विकास भएको बताउनुभयो।

उहाँले अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको दुई मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था भएको बताउनुभयो।

- Advertisement -
Ad imageAd image

उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले सम्पूर्ण कागजहरू अनलाइनबाट कागजात पेस गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृति पाउनसक्ने बताउनुभयो।श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबी गर्नुभयो।

उहाँले सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवेयरमा समेत सुधार गरिरहेको बताउनुभयो।मन्त्री अर्यालले अहिले दुई सिफ्टमा काम भइरहेको भन्दै अब बिहान १० देखि ५ बजेसम्मका गर्ने वातावरण बनाउने बताउनुभयो।

मन्त्री अर्यालले पहिलो पटक यो प्रयास सुरुवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताउनुभयो।उहाँले वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको घोषणा गर्नुभयो।

उहाँले आगामी दिनमा जो मन्त्री, कर्मचारी आएपनि यसले निरन्तरता पाउने दाबी गर्नुभयो।उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिक ठगी रोक्नको लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
87%
1 km/h
आइत
28 °C
सोम
30 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ